मनाङ । मनाङ जिल्ला केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्प गएको छ ।
मनाङको थोचे क्षेत्र नजिक केन्द्रबिन्दु भएर आज दिउँसो १२ः५४ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गत २३ गते पनि दार्चुलामा ४.३ र बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।




