काठमाडाैं । नेपाली बजारमा आज बिहीबार सुनको मुल्यले २ लाख ६० हजार नाघेको छ ।
अघिल्लो दिनको तुलनामा रु ७ सय रुपैयाँले बढेर आज सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मुल्य २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको आज मुल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ ।




