काठमाडाैं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज प्रतितोला १०० रूपैयाँले सुन घटेको हो ।
जसअनुसार आज सुन प्रतितोला २ लाख ५८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ५८ हजार ४०० सय रूपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ४ हजार १०५ रूपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला चाँदी ४ हजार पाँच रूपैयाँमा कारोबार भएको थियो ।




