काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शीतलनिवासमा हुने बैठकमा आउन आमन्त्रित गरेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री र तीन शीर्ष नेताबीचको छलफल आज दिउँसो ३ बजे शीतलनिवासमा सुरु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । छलफलमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।




