काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगसमक्ष बयान दिन गएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता तथा रमेश लेखकले ६ पृष्ठको लिखित बयान दिएका छन् ।
सोमबार सिंहदरबारस्थित आयोगको कार्यालय पुगेर उनले लिखित बयान दिएका हुन् । आयोगलाई बुझाएको बयानमा लेखकले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आफूले कुनै हताहती नहोस् र संयमता अपनाउनू भनी स्पष्ट निर्देशन दिएको दाबी गरेका छन् ।
जेनजी आन्दोलनको समयमा लेखक गृहमन्त्री थिए । जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।




