काठमाडाैं । सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुन एकैपटक ७ हजार ९०० रुपैयाँले घटेको छ । जसअनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।




