काठमाडौं । उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति १० बजेर ५१ मिनेटमा बागपाटी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ। यद्यपि, हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन।
यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो।




