काठमाडाैं । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैचोटी प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




