काठमाडौं । सुनचाँदीको मूल्यले हालसम्मकै उच्च मूल्य रेकर्ड राखेको छ ।
आज सुन तोलामा २८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार आज सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो । शुक्रबार तोलामा २१ सयले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला चाँदी ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो। चाँदीको यो मूल्य पनि हालसम्मकै महँगो हो ।




