काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी पार्टीले दिएको छ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग गलत बाटोमा जानेमा आफूहरूलाई विश्वास नभए पनि केही आशंका रहेको बताए। उनले आयोगले आफूहरूले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता नदिए गाउँ–गाउँ र वडावडाबाट चारतारे झण्डासहित आन्दोलनमा उत्रिने चेतावनी दिए। ‘षड्यन्त्र र दबाबमा परेर आयोगले काग्रेसको विधानविपरीत निर्णय गरे देशभर आन्दोलन गर्नुको विकल्प छैन,’ खड्काले भने।
खड्काले यस्तो अवस्था आए कांग्रेस देशव्यापी आन्दोलनका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।




