काठमाडौं । १९औँ राष्ट्रियसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ। जेनजी आन्दोलनका क्रममा संसद भवन जलेर ध्वस्त भएपछि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन बोलाइएको छ ।
आज बिहान ११ बजे बैठक बस्नेछ। अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नियमावली समितिको बैठक समेत बोलाइसकेका थिए।
अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ। साथै, हालै दिवंगत भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराको सम्झनामा शोक प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ।
यसैबीच, निर्वाचन आयोगले पनि माघ ११ मा हुने १९ जना राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी तीव्र पारेको छ।




