काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज २ लाख ८० हजारको आँकडा पार गर्दै सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो ।
आज सुनको मूल्य ४२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ७८ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि उच्च रेकर्ड राखेको छ । आज चाँदीको मूल्य १८५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




