काठमाडौं । नेपाली बजारमा सुनको भाउमा लगातार दोस्रो दिन ठुलो गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो। यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको छ।
यसअघि आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुने गर्दछ।




