काठमाडौं, माघ २५ । नेपाली बजारमा साताको पहिलो दिन नै सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९,५०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।
गत कारोबार दिन प्रतितोला २,९१,००० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३,००,५०० रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९७२ रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला ४,०३८ रुपैयाँ रहेको चाँदी आज ५,०१० रुपैयाँ पुगेको छ।




