काठमाडौं, माघ २६ । नेपाली बजारमा अन्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले आज (सोमबार) देखि लागू हुने गरी अन्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गर्दै भाउ घटाएको हो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा अन्डाको उत्पादन बढेको र सोही समयमा भारतीय सेतो अन्डा ठूलो परिमाणमा नेपाली बजारमा भित्रिएकाले मूल्य घटाउनुपरेको हो । “भारतीय अन्डासँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न कठिन भएपछि बजार सन्तुलनका लागि नयाँ भाउ कायम गरिएको हो,” अध्यक्ष पोखरेलले बताए ।
संघले तोकेको नयाँ दररेट अनुसार अब उपभोक्ता तथा व्यवसायीले निम्न अनुसारको मूल्यमा अन्डा खरिद-बिक्री गर्न पाउनेछन्:
| अन्डाको प्रकार | नयाँ मूल्य (प्रतिक्रेट) | माघ २२ को मूल्य | माघ ११ को मूल्य |
| एक्सएल | रु ३९० | – | – |
| ठूलो | रु ३७५ | रु ४३५ | रु ४९५ |
| मिडियम | रु ३४५ | रु ४०५ | रु ४७५ |




