ताप्लेजुङ , माघ २७ । ताप्लेजुङमा मङ्गलबार भूकम्प गएको छ ।
ताप्लेजुङजिल्लाको कञ्चनजंघा केन्द्रविन्दु भएर आज बिहान २ बजेर ४७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका अन्य जिल्लामा पनि महसुस गरिएको थियो ।




