काठमाडौं, माघ २७ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य केही घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर ३ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ, जबकि सोमबार यसको मूल्य ३ लाख ४ हजार ६०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँको सामान्य गिरावट आउँदै प्रतितोला ५ हजार २४० रुपैयाँ कायम भएको छ।




