रामेछाप, माघ २७ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको अरनिको यातायातको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका-६, त्रिवेणी घाट नजिकै तामाकोशी नदीमा खसेको छ।
सशस्त्र प्रहरी बल (एपीएफ) का अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र २ पुरुष रहेका छन्। प्रहरीका अनुसार गाडी साहुसहित पाँच जनाको शव निकालिएको छ र हालसम्म ६ जना घाईतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। सडकबाट झण्डै २० मिटर तल नदीमा बस खसेको बसबाट केही यात्रु नदीबाट पौडिएर बाहिर निस्किएकाे बताइएकाे छ।
अहिले घटनास्थलमा एपीएफ गुल्म रामेछाप, विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीद्धारा उद्धार कार्य जारी छ।




