काठमाडौं, फागुन ४ । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ, जबकि आइतबार यसको कारोबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला १२५ रुपैयाँको कमी आएको छ। आइतबार प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।




