काठमाडौं, फागुन ४। निर्वाचन आयोगले आचारसंहिता विपरीतका सामग्री प्रकाशन गरेको ठहर गर्दै ‘सेतोपाटी’ अनलाइनलाई कारबाही गर्न प्रेस काउन्सिललाई निर्देशन दिएको छ।
सेतोपाटीले चितवन–३ को सन्दर्भमा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन: रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा प्रकाशित गरेका सामग्रीहरू आचारसंहिताको गम्भीर उल्लंघन भएको आयोगको ठहर छ।
निर्वाचनका बेला मत सर्वेक्षण गर्न र कसैको पक्ष वा विपक्षमा समाचार लेख्न नपाइने कानुनी व्यवस्था मिचेको भन्दै आयोगले सो कदम चालेको हो।





