काठमाडौं, फागुन ५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको छ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार ४२ दिनको कार्यतालिका रहे पनि दुई दिन अगावै अर्थात् ४० दिनमै प्रत्यक्षतर्फका २ करोड ३ लाख मतपत्र छापेर सोमबार साँझ जिम्मेवारी पूरा गरिएको हो।
आजदेखि सबै मतपत्रको प्याकेजिङ सकेर सम्बन्धित प्रदेशमा ढुवानी सुरु गरिनेछ भने आगामी १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने लक्ष्य राखिएको छ।
कर्णाली र सुदूरपश्चिममा मतपत्र पुगिसकेको र समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र पनि जिल्ला पठाउने कार्य भइरहेको प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभएको छ।




