काठमाडौं, फागुन १३ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य मंगलबारकै कायम रहँदा चाँदीको भाउ भने बढेको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला ५ हजार ७१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




