काठमाडौं, फागुन २० । अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वको तनावले विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चाएको छ।
फेब्रुअरी २८ मा भएको उक्त आक्रमणमा इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ डलरबाट बढेर ८४ डलर नजिक पुगेको छ। इरानले विश्वको २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध पुऱ्याउने धम्की दिएपछि आपूर्ति शृङ्खला नै ध्वस्त हुने जोखिम बढेको छ।
यसैबीच, कतारले आफ्नो ऊर्जा केन्द्रमा भएको ड्रोन हमलापछि ग्यास उत्पादन बन्द गर्दा युरोप र एसियामा ग्यासको मूल्यमा ५० प्रतिशतसम्मको ऐतिहासिक वृद्धि भएको छ। यो संकटले भारत र नेपाल जस्ता तेल आयातमा निर्भर देशहरूको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा ठूलो चाप पार्ने निश्चित देखिएको छ।
विशेष गरी भारतले आफ्नो कुल इन्धनको करिब ४५ प्रतिशत मध्यपूर्वबाटै आयात गर्ने भएकाले ढुवानी मार्ग बन्द भएमा दक्षिण एसियाली बजारमा महँगी र अभावको ‘दोहोरो मार’ पर्ने निश्चित छ। युद्ध सुरु भएको ४८ घण्टाभित्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ डलरबाट बढेर ८४ डलर नजिक पुगेको छ। यस्तै, विश्वको दोस्रो ठूलो एलएनजी निर्यातक देश कतारले आफ्नो उत्पादन केन्द्रमा ड्रोन हमला भएपछि उत्पादन ठप्प पारेको छ। यसले युरोप र एसियामा ग्यासको मूल्य ५० प्रतिशतसम्म बढाएको छ।
इरानले विश्वको २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा आगो लगाइदिने धम्की दिएको छ। यदि यो नाका बन्द भएमा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्ने र विश्वव्यापी आपूर्ति शृङ्खला ध्वस्त हुने चेतावनी विश्लेषकहरूले दिएका छन्।




