काठमाडौं, चैत्र ५ । नेपाल स्टक एक्सचेञ्ज बिहीबार ६४.६७ अंकले बढेर २,८७७.०२ बिन्दुमा पुगेको छ। बजार २.२९% ले बढ्दै सबै सूचक समूहमा हरियाली देखिएको छ। जीवन बीमा समूह सबैभन्दा बढी ३६७.२९ अंकले उकालो लाग्यो भने बैंकिङ सूचक पनि ४६.६९ अंकले बढ्यो।
दैनिक कारोबार रकम १२.०३ अर्बबाट बढेर २१.२२ अर्ब रुपैयाँ पुगेको छ। २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनी घटेका छन्। नगदी ग्रुप पावरको सबैभन्दा बढी ६७१.६१ मिलियन रुपैयाँ बराबरको कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, सलापा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स १०% ले बढ्दा नेपाल लाइफ समृद्धि लगानी योजना ५.१२% ले घटेर सबैभन्दा बढी घाटामा रहेको छ।




