काठमाडौं, चैत्र १० । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी भइरहँदा प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारबाट आफ्ना व्यक्तिगत सामानहरू सार्न सुरु गरेकी छन्। उनले बालुवाटारबाट अधिकांश सामान धापासीस्थित आफ्नो निजी निवासमा सारिसकेकी छन्।
प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार अब बालुवाटारमा केही दिनका लागि आवश्यक पर्ने सीमित सामान मात्र बाँकी छन्। सामान सार्ने काम करिब एक हप्ता अघिदेखि नै सुरु भएको थियो।
लामो समयदेखि खाली रहेका कारण धापासीस्थित निजी निवासमा जमेको धुलो र फोहोरलाई सरसफाइ गरी बस्न योग्य बनाइएको छ। कार्कीका श्रीमान् दुर्गा सुवेदी यस बीचमा बालुवाटारमै रहँदै आएका थिए। पछिल्लो एक हप्तादेखि कार्की आफैँले दुवै घर आउजाउ गर्दै सामान व्यवस्थापन र सरसफाइको प्रत्यक्ष रेखदेख गरिरहेक




