काठमाडौं, चैत १२ । १८२ सिटसहित प्रतिनिधि सभामा भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको नेतृत्व बालेन्द्र शाह (बालेन) लाई सुम्पिने ऐतिहासिक निर्णय गरेको छ।
बिहीबार २७४ सांसदको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता चयन गरेको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने आफैँले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पेश गर्नुभएको थियो, जसलाई केन्द्रीय समितिले सर्वसम्मतिले पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।




