• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

  • १०. संघीय संसद्को बैठक बस्दै

२०८३ सालमा विश्वयुद्धको प्रबल सम्भावना, नेपालमा धार्मिक र आर्थिक संकट चुलिने


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत्र ३० । प्रसिद्ध ज्योतिषी गुरु देवराज गौतमले विक्रम संवत २०८३ सालको विश्व र नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे भविष्यवाणी गर्नुभएको छ ।

    Advertisement

    जगत लग्न र ग्रह गोचरको विचार गर्दा आगामी वर्ष कुटनीतिक क्षेत्रमा द्वन्द्व बढ्ने र विश्वभर सैन्य शक्ति वृद्धिको होडबाजी चल्ने देखिएको छ । गुरु गौतमकाअनुसार २०८३ सालमा युरोप र अरब क्षेत्रमा सैन्य गतिविधिहरू तिब्र हुनेछन् । शक्ति सम्पन्न राष्ट्रहरूबीचको अहंताका कारण विश्व राजनीतिक समीकरणमा नयाँ मोडहरू आउने संकेत देखिएको छ । विकसित देशहरूको मुद्रा बलियो हुने तर कमजोर देशका मुद्राहरू थप अवमूल्यन हुने योग परेको छ । विश्व शेयर बजारमा उतारचढाव आउने, इन्धन उत्पादनमा वृद्धि हुने र विलासिताका सामानको खरिदमा होडबाजी चल्ने फलादेश गर्नुभयो । यद्यपि मूल्यवृद्धिका कारण जनआक्रोश बढ्ने र धेरै देशमा सरकारी हठका कारण राजनीतिक अस्थिरता र आन्दोलनको वातावरण सिर्जना हुने देखिन्छ । संयुक्त राष्ट्र संघको भूमिका भने आगामी वर्ष बढेर जाने देखिएको छ ।

    नेपालको अवस्थाः आर्थिक प्रगति र राजनीतिक खिचातानी
    नेपालको राशि (वृश्चिक) अनुसार विचार गर्दा आगामी मंसिरसम्म भौतिक र आर्थिक क्षेत्रमा केही प्रगति देखिए पनि धार्मिक र सांस्कृतिक क्षेत्रमा अवरोधको योग छ । केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको समन्वय नमिल्दा विवादहरू कायमै रहने गुरु गौतमको भनाइ छ । असारसम्म अर्थतन्त्र प्रतिकूल रहने र वैदेशिक ऋणको भार बढ्ने देखिन्छ । मंसिरपछि भने देशमा केही शुभ संकेतहरू देखिनेछन् । शिक्षा, रोजगार र उपचारका लागि विदेश जानेको संख्या गत वर्षको तुलनामा अझ बढ्नेछ । दक्षिण र पश्चिम सीमा क्षेत्रमा विवाद यथावत रहने सम्भावना छ । कृषि, स्वास्थ्य र बीमा क्षेत्रमा उन्नति हुनुका साथै लगानी बढ्ने योग छ । आगामी वर्ष पहाडी र हिमाली क्षेत्रमा कम पानी पर्ने तर समुन्द्र भएका देशहरूमा बढी वर्षा हुने योग छ । नेपालको सन्दर्भमा उत्तरमा अतिवृष्टि, दक्षिणमा खण्डवृष्टि र मध्य भागमा अल्पवृष्टिको सम्भावना छ । यसले गर्दा शरद ऋतुका बाली उत्पादनमा कमी आउन सक्ने तर ग्रीष्मकालीन बालीमा वृद्धि हुने देखिएको छ । समाजमा महिलामाथि दबाब र अत्याचार बढ्न सक्ने संकेत देखिएको छ । यस्तै, प्रविधिको प्रयोगसँगै अपहरण र जालसाजी जस्ता आपराधिक क्रियाकलापमा पनि बढोत्तरी हुने भविष्यवाणी गरिएको छ । धार्मिक र सामाजिक क्षेत्रमा बौद्धिक खिचातानी बढ्ने गुरु गौतमले बताउनु भयो ।

    यस वर्षका १० प्रतिनिधि ग्रहमध्ये सूर्य र मंगललाई क्रूर मानिए पनि अन्य आठ ग्रह शुभ रहेका छन् । राजा र मन्त्री ग्रह मित्र भएकाले राष्ट्र प्रमुख र सल्लाहकारहरूबीच केही मिलन हुने देखिएको छ । गुरु गौतमकाअनुसार केही चुनौतीहरूका बाबजुद समग्रमा यो वर्ष अन्य वर्षको तुलनामा केही शुभ फलदायी रहने अपेक्षा गर्न सकिन्छ ।

    ज्योतिषी गुरु अर्जुन बास्तोलाले आगामी वर्ष विश्व र नेपालका लागि निकै चुनौतीपूर्ण रहने प्रक्षेपण गर्नुभयो । सिद्धान्त ज्योतिष र सोमिता शास्त्रीको दृष्टिलाई आधार मान्दै गुरु बास्तोलाले अहिले विश्व ‘दारुण काल’ बाट गुज्रिरहेको र यसको अन्त्य तत्काल नदेखिएको बताउनु भयो । उहाँकाअनुसार यो दारुण काल दोस्रो विश्वयुद्धको समयको जस्तै भयावह रहेको छ । ज्योतिषी बास्तोलाले आगामी जेठदेखि असारसम्म विश्वयुद्ध हुने प्रबल सम्भावना रहेको औंल्याउनु भयो ।

    उहाँले भन्नुभयो, ‘असारमा शनि वक्र हुने र वृहस्पति अतिचार भएर मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने योग छ। यसले विश्व राजनीतिमा ठूलो उथलपुथल ल्याउनेछ ।’

    आगामी वर्ष जेठ र कार्तिक महिनामा दुईवटा ‘खप्पर योग’ पर्ने भएकाले मानवीय क्षति र युद्धको जोखिम उच्च रहने उहाँको विश्लेषण छ । यस वर्षको मन्त्रिपरिषद्को नेतृत्व (मन्त्री) मंगलले गर्ने र मंगल आफैँमा सेनापति भएकाले फौज परिचालन र लडाइँको अवस्था सिर्जना हुने उहाँले बताउनु भयो ।

    नेपालको सन्दर्भमा बोल्दै गुरु बास्तोलाले आगामी वर्ष धार्मिक भावनामा ह्रास आउने र धर्मको नाममा व्यापार गर्नेहरूको ‘पसल’ बन्द हुने दाबी गर्नुभयो ।आर्थिक अवस्था झन् जर्जर हुने संकेत गर्दै उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र किसानले मल नपाउने जस्ता समस्याले नेपालीको जनजीवन कष्टकर बन्ने बताउनु भयो ।

    ज्योतिषी सुधा भट्टराईले आगामी वर्षको ग्रहगत स्थिति र त्यसले राष्ट्रिय जीवनमा पार्ने प्रभावका बारेमा प्रकाश पारेका हुन् । राष्ट्रिय महिला ज्योतिष संघकी सचिव एवं ज्योतिषी सुधा भट्टराईका अनुसार वि.सं. २०८३ सालको राजा वकृहस्पति र मन्त्री मंगल रहेका छन् । न्याय र धर्मका कारक ग्रह वृहस्पति राजा हुनु र सेनापति मंगल मन्त्री हुनुले यो वर्ष विशेष अर्थ राख्ने उहाँको विश्लेषण छ ।

    मंगल ग्रहले मेसिनरी र औद्योगिक क्षेत्रको प्रतिनिधित्व गर्ने हुनाले यो वर्ष उद्योगधन्दाहरूको विकास हुने योग रहेको छ । भौतिक उन्नतिको साथसाथै नयाँ उद्योगहरू सञ्चालनमा आउने सम्भावना रहे पनि ऋण र भौतिक क्षेत्रमा ह्रास आउने जोखिम पनि उत्तिकै रहेको भट्टराईको भनाइ छ ।

    यो वर्ष शनि मीन राशिमा रहनेछ । शनिलाई न्यायकारक ग्रह मानिने हुनाले देशले केही सकारात्मक परिवर्तनको अनुभव गर्नेछ । पुराना कमजोरीहरूलाई सुधार्दै नयाँ ढंगले अगाडि बढ्ने अवसर प्राप्त हुने र देशले नयाँ कोल्टे फेर्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।

    ज्योतिषी शिवप्रसाद पोख्रेलकाअनुसार वृहस्पति मानअनुसार यस वर्ष ५४ औँ संवत्सर ‘रुद्र संवत्सर’ चल्नेछ । कुल ६० संवत्सरमध्ये अन्तिम २० वटालाई ‘रुद्र विंशति’ भनिन्छ, जसलाई ज्योतिष शास्त्रमा मध्यम वा अधम फलदायक मानिन्छ । अर्थात रुद्र संवत्सरमा वर्षाको असन्तुलनले कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्छ । यसले खाद्यान्नको मूल्यवृद्धि गराई जनजीवनमा आर्थिक भार थप्ने सम्भावना रहेको ज्योतिषी पोख्रेल बताउनु हुन्छ । राजनीतिक दृष्टिकोणले हेर्दा विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र राष्ट्राध्यक्षहरूबीच मनमुटाव हुन सक्ने देखिन्छ । शासकहरूले लिने कठोर निर्णयका कारण नागरिक स्तरमा असन्तुष्टि पैदा हुने जोखिम छ । यस वर्ष आगलागीको जोखिम बढी रहने भएकाले वनजङ्गल र अन्न भण्डारण गरिएका स्थानहरूमा विशेष शतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ ।

    राजा वृहस्पति हुनुलाई शुभ मानिन्छ । वराहमिहिरको बृहत्संहिता अनुसार वृहस्पतिको वर्षमा व्राह्मणहरूद्वारा वेदपाठ बढ्ने, ठूला यज्ञहरूको आयोजना हुने र समाजमा सदाचारको प्रचार हुनेछ । धनसम्पती र पशुधनको वृद्धि हुने तथा समयमा वर्षा भई सर्वत्र समृद्धि छाउने संकेत मिल्छ। यद्यपि, संवत्सरको फल (रुद्र) पूर्ण शुभ नभएकाले यी शुभ फलहरूमा केही कमी आउन सक्ने देखिन्छ । मन्त्रीको पदमा मङ्गल रहनुले केही संघर्षपूर्ण अवस्थाको संकेत गर्छ । यसका कारण समाजमा चोरी, डकैती, तस्करी र विभिन्न रोगव्याधिको प्रकोप बढ्न सक्ने जोखिम छ । आगलागी, दुर्घटना र हिंसात्मक घटनाहरूमा वृद्धि हुन सक्ने भएकाले वातावरण अशान्त रहने सम्भावना छ ।

    –न्युज एजेन्सी नेपाल

     

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.