• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

मध्यपूर्वको युद्धले प्रभावित आयोजनाहरुको म्याद थप र लागत समायोजन हुनुपर्छः पाण्डे


  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
  • काठमाडौं, वैशाख ६ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्यपूर्वको युद्धले नेपालका धेरै आयोजनाहरु प्रभावित भएको भन्दै त्यस्ता आयोजनाहरुको म्याद थप हुनुपर्ने बताउनुभएको छ । युद्धका कारण कच्चापदार्थ र इन्धन सहज रुपमा नपाउँदा आयोजनाहरु प्रभावित भएको भन्दै उहाँले त्यस्ता आयोजनाहरुका बारेमा सरकारले म्याद थप गर्नुको विकल्प नरहेको बताउनुभएको हो ।

    Advertisement

    उहाँकाअनुसार पछिल्ला दिनहरुमा निर्माणाधिन धेरै आयोजनाहरुको लागत बढेर गएकोे छ । इन्धन र कच्चा पदार्थको अभावमा आयोजनाहरु प्रभावित भएको भन्दै उहाँले हाल भइरहेको अप्रत्याशित मूल्यवृद्धि र त्यसबाट प्रभावित आयोजनाका बारेमा सरकार गम्भीर हुनुपर्ने समेत बताउनु भयो । पाण्डेले कुनैपनि निर्माण ठेक्का लगाउँदा आवश्यक इन्धन, डन्डी, सिमेन्टलगायत सामग्रीको परिमाण र त्यतिबेलाको बजारदरका आधारमा लागत अनुमान तयार गरिने बताउँदै सामान्यतया १० देखि १५ प्रतिशतसम्मको मूल्यवृद्धि निर्माण व्यवसायीले आफैँले थेग्ने मान्यता छ । त्योभन्दा बढी मूल्यवृद्धि भएमा सरकारले समायोजन गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको बताउँदै उहाँले सोही अभ्यासअनुसार सरकारले अब लगातबारे पनि पुनरावलोकन गर्नुपर्ने बताउनु भयो ।

    पाण्डेकाअनुसार सबै आयोजनामा मूल्य समायोजनको स्पष्ट व्यवस्था  छैन् । विशेषगरी एक वर्षे साना आयोजनामा मूल्य समायोजन गर्ने सूत्र नै नहुँदा व्यवसायी थप मारमा परेका छन् । यसमा सरकारले ख्याल गर्नुपर्ने बताउनु भयो । अध्यक्ष पाण्डेकाअनुसार सरकारले २०६५ सालमा जारी गरिएको निर्देशिकाझैँ नयाँ मार्गदर्शन तयार गरी मूल्य समायोजनको व्यवस्था लागू गर्नुपर्छ ।

    अध्यक्ष पाण्डेले भन्नुभयो–‘कुनै पनि ठेक्काको, कुनै पनि निर्माण कार्यको एउटा एस्टिमेट बनाएको हुन्छ । यो काम गर्दाखेरि यति तेल लाग्छ, यति डन्डी लाग्छ, यति सिमेन्ट लाग्छ र त्यो अनुसारको त्यतिबेलाको दररेट जे हुन्छ बजारमा, त्यो दररेटको आधारमा त्यो ठेक्का लगाइएको हुन्छ । १० देखि १५ प्रतिशतसम्म मूल्यवृद्धिलाई चाहिँ निर्माण व्यवसायीहरू आफैँले थेग्नुपर्ने भन्ने पनि एउटा मर्म हुन्छ । १५ प्रतिशतसम्म चाहिँ मूल्यवृद्धि थेग्नुपर्छ भन्ने एउटा मान्यता हुन्छ । तर त्यो भन्दा बढी मूल्यवृद्धि भयो भने चाहिँ त्यसलाई सरकारले एडजस्ट गर्ने विभिन्न तरिकाहरू हुन्छन्, फर्मुलाहरू हुन्छन्, त्यसले एडजस्ट गर्ने भन्ने एउटा मूल्य मान्यता हो । यो नेपालको लागि मात्रै होइन, भारतको लागि मात्रै होइन, चीनको लागि मात्रै होइन, विश्वव्यापी यो मूल्य मान्यता हो र त्यसैमा चलेको हुन्छ । त्यो हिसावले गर्दाखेरि चाहिँ अब अहिलेको मूल्यवृद्धि अप्रत्याशित भएको भएर जुन यो फर्मुला छ, सबै ठाउँमा फर्मुला छैन, एक वर्ष साना निर्माण आयोजनाहरूमा त मूल्य समायोजन गर्ने यो फर्मुला पनि छैन । मूल्यवृद्धिलाई मूल्य समायोजन गर्ने फर्मुला पनि छैन । त्यो लागू हुनुप¥यो र जति पनि ठाउँमा मूल्य समायोजनको फर्मुला छ, त्यसलाई पनि परिमार्जन गरेर एउटा निर्देशिका जुन २०६५ सालमा एकपटक सरकारले गरेको थियो, अब त्यस्तै त होइन तर त्यही हिसावले गाइडलाइनबाट  एउटा निर्देशिका जारी गरेर त्यो समायोजन चाहीँ गराउनुप¥यो । र त्यो गर्दै गर्दा पनि कति ठाउँमा त अब मैले सुन्नमा आएको छ, मैले एउटा आयल निगमको एकजना प्रवक्ताबाट पनि सुनेँ कि अब चाहिँ हामीले केही दिनपछि हामीले धेरै घाटा व्यहोरिरहेका छौँ, दिनको एक अर्ब चानचुन घाटा व्यहोरिरहेको स्थितिमा भोलिपर्सी हामीले पेट्रोलियम पदार्थ दिन नसक्ने स्थितिमा पनि पुग्नसक्छौँ भन्दै गर्दाखेरि त काम पनि बन्द गर्नुपर्ने स्थिति आउँछ होला । त्यतिबेला सरकारले ती आयोजनाहरूलाई म्याद थपको पनि व्यवस्था गराउनुपर्छ भन्ने पनि हाम्रो माग रहन्छ ।’

    अध्यक्ष पाण्डेले इन्धन आपूर्तिमा देखिएको समस्या अझ गम्भीर बन्न सक्ने संकेत गनुर्भयो । आयल निगमले दैनिक ठूलो घाटा व्यहोरिरहेको अवस्थाले भविष्यमा पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित हुनसक्ने अवस्था आउनसक्ने बताएको भन्दै उहाँले यस्तो परिस्थिति सिर्जना भएमा निर्माण कार्य नै पूर्ण रुपमा अवरुद्ध हुने जोखिम रहेको बताउनु भयो । निर्माण कार्यको भुक्तानी अझै पूर्ण रूपमा सहज नभए पनि सुधारको संकेत देखिएको पाण्डेको भनाइ छ । पहिले एउटै आयोजनाभित्र रकम अभाव हुँदा अर्को शीर्षकबाट रकमान्तर गर्न अर्थ मन्त्रालयको स्वीकृति आवश्यक पर्ने व्यवस्था रहेकामा अब सम्बन्धित मन्त्रालयमार्फत नै यस्तो व्यवस्था गर्न सकिने जानकारी आफूहरूले पाएको बताउँदै यसले आगामी दिनमा आयोजनाहरुमा बजेट अभाव नहुने र निर्माण व्यवसायीले पनि कामको रकम पाउने अवस्था आउनेमा आफूहरु आशावादी रहेको उहाँको भनाइ छ ।

    –न्युज एजेन्सी नेपाल

    आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    नेपाल टेलिकमको एनटीटीभी अब सेट–टप बक्सबिनै, स्मार्ट टीभीमै भर्चुअल सेट–टप बक्स

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.