काठमाडौं, वैशाख २९ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ। सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




