काठमाडौं, वैशाख ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गरेको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टीको प्रथम महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको हो।
स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको रास्वपाले सांगठनिक सुदृढीकरणका लागि यो महाधिवेशन गर्न लागेको हो। चितवनमा हुने यस अधिवेशनले पार्टीको नयाँ नेतृत्व र नीतिगत दिशा तय गर्ने अपेक्षा गरिएको छ।




