दमक, जेठ ५ । झापाको दमक नगरपालिका–८ का ४२ वर्षीय पीताम्बर खड्का आफ्नै घरमा मृत फेला परेका छन्।
ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा वरिष्ठ अधिकृतका रूपमा कार्यरत खड्का आइतबार बेलुका ५ बजे झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृत्यु हुनुअघि उनले सामाजिक सञ्जालमा बैंकका केही वरिष्ठ अधिकारीहरूको तस्बिरसहित “तिमीहरूले मलाई मा¥यौ” भन्दै भावुक स्टाटस पोस्ट गरेका थिए।
यसअघि बैंकको चारआली शाखाबाट विराटनगर सरुवा भएका खड्काको शवलाई दमक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ भने इलाका प्रहरी कार्यालय दमकले सामाजिक सञ्जालको पोस्टलाई समेत केन्द्रमा राखेर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।




