काठमाडौं, जेठ १२ । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ।
मूल्य कटौती भएसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा सीमित भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।




