काठमाडौं, जेठ १८ । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। यससँगै आज बजारमा सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (आइतबार) सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँको वृद्धि भएको छ। महासंघका अनुसार हिजो आइतबार प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी, आज १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ कायम भएको छ।




