काठमाडौं, असार २४ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा विभिन्न विधेयकहरूमाथिको छलफल तथा प्रस्तावहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन (२०८१/८२) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन (२०८१/८२) सदनसमक्ष प्रस्तुत गर्नुहुनेछ ।




