चितवन, असार ३० । चितवनको भरतपुर महानगरपालिका–११ शान्ति टोल बस्ने ७२ वर्षीया कृष्ण कुमारी सेनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




