काठमाडौं, साउन ८ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम रहेको थियो।


