काठमाडौं, साउन १४ । देशको पछिल्लो सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल गर्न आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ।
परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको छ। बैठकमा मुलुकको समग्र शान्ति-सुरक्षाको स्थिति र पछिल्ला घटनाक्रमबारे गहन छलफल हुने जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्रीका साथै नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य रहने संवैधानिक व्यवस्था छ।




