काठमाडौं, साउन १८ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
उनीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सिंहदरबारस्थित मन्त्रालय परिसरबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार भट्टराईमाथि तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप लागेको छ। उक्त प्रकरणमा उनीविरुद्ध गत सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
सीआईबीले उनलाई सोमबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार भट्टराईले २०६८ सालमा तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेका थिए। सोही घटनासम्बन्धी अनुसन्धानका आधारमा उनलाई पक्राउ गरिएको हो।




