काठमाडौं, साउन २२ । संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा चारवटा विधेयकहरू पेस हुने भएका छन्।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ लाई ब्युँताउने सम्बन्धमा बनेको विधेयक, २०८३’ माथिको समितिको प्रतिवेदन पेस गर्नुहुनेछ भने प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ टेबल गर्नुहुनेछ।
त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिकर्त्ता मन्त्री गौरीकुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नुहुनेछ।




