काठमाडौं, साउन २८ । काठमाडौंमा जारी ‘नाडा मोबिलिटी एक्स्पो २०२६’ मा नेपाली अभिनेत्री वर्षा सिवाकोटीले ओमोडा ई५ इलेक्ट्रिक एसयूभी बुकिङ गरेकी छन्।
पारामाउन्ट मोटर्सअन्तर्गत थापाथलीस्थित जालपा भवनमा रहेको ओमोडाको स्टलमा पुगी सवारीसाधनको अवलोकन गरेपछि उनले यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटीबाट प्रभावित हुँदै ओमोडा ई५ रोजेकी हुन्। बुकिङको अवसरमा ओमोडा एन्ड जेको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन प्रतिनिधि मोहम्मद जाहिद कराईले उनलाई गाडीको प्रतीकात्मक साँचो हस्तान्तरण गरेका थिए। एक्स्पोमा उनको उपस्थितिले ओमोडाको स्टलमा आगन्तुकहरूको आकर्षण अझ बढाएको छ। पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति बढ्दो मोहका बीच लोकप्रिय अभिनेत्रीले नै यो गाडी छनौट गरेपछि यसको चर्चा थप चुलिएको छ।
यससँगै, जारी एक्स्पोमा ओमोडाले दुई नयाँ मोडलहरू— ओमोडा सी५ र ओमोडा जे६ (इभी/पीएचईभी) समेत सार्वजनिक गरेको छ। नयाँ मोडलहरूको सार्वजनिकसँगै प्रदर्शनीमा कम्पनीका सवारीसाधनप्रति आगन्तुकहरूको चासो तीव्र रूपमा बढेको छ।
श्रावण २६ देखि ३१ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा ओमोडाका नयाँ मोडलहरूको अवलोकन गर्न, विशेष अफरहरूको लाभ लिन तथा विद्युतीय सवारीसाधनसम्बन्धी विस्तृत जानकारी लिन कम्पनीले थापाथलीस्थित स्टलमा उपस्थित हुन इच्छुक सबैमा आग्रह गरेको छ।




