काठमाडौं, भदौ ४ । चेक बाउन्स मुद्दामा प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ।
प्रहरीले उनलाई बिहीबार काठमाडौँको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाटै नियन्त्रणमा लिएको हो। उनीविरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै मुद्दा दायर गरेका थिए।
यसअघि जनता टेलिभिजनका पूर्वपत्रकार तथा कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक भुक्तानी नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए। सोही पृष्ठभूमिमा आएको चेक बाउन्सको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।




