काठमाडौं, भदौ ९ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज तथा बीमालगायतका सुविधा पाउनेछन्।
सुजुकी पर्वोत्सवमा १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध छ। साथै, मोडलअनुसार निःशुल्क एक्सेसरिज, आवधिक मर्मतसम्भारका पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बीमाको सुविधा पनि रहेको कम्पनीले जनाएको छ।
यसैबीच, नाडा अटो शो २०२६ मा सुजुकीले नयाँ ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शन गर्दैछ। भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा सुजुकीको प्याभिलियन स्टल ए–८२ मा नयाँ ब्रेजासहित कम्पनीको सम्पूर्ण लाइनअप अवलोकन गर्न सकिनेछ।
अटो शोका क्रममा सुजुकीका छनोट गरिएका मोडल बुकिङ गर्ने ग्राहकले ‘स्क्र्याच एन्ड विन’ अफरमार्फत अधिकतम २ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन्।
कम्पनीका अनुसार ‘सुजुकी पर्वोत्सव’ योजना २०८३ साउन २७ देखि मंसिर १५ गतेसम्म लागू हुनेछ। साथै, ईभिटारा ग्राहकलाई स्ट्यान्डर्ड ३ किलोवाट चार्जरका अतिरिक्त सम्भाव्यता अनुसार ७ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराइनेछ।




