काठमाडौं, भदौ २१ । एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियालाई हराउँदै नेपाल लगातार तीन जितका साथ सेमिफाइनलमा प्रवेश गरेको छ।
साउदी अरेबियाले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र गुलशन झाले ६१ रनको अविजित महत्त्वपूर्ण साझेदारी गरेका थिए। समूह चरणमा हङकङसँग एक खेल खेल्न बाँकी रहँदै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।




