काठमाडौं, असोज २ । जिल्ला बझाङ, जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिलालाई पक्राउ गरिएको छ ।
पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट एक जना महिलाले कुकुरलाई धकेली सेती नदीमा फाली पशुपन्छी प्रति निर्दयी व्यवहार देखाई उक्त पुलबाट फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएको थियो ।
उक्त घटनासम्बन्धी अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जिल्ला बझाङ जयपृथ्वी नगरपालिका –०३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुल्न आएको हो । निज बिमला देवी रोकायालाई मिति २०८३।०६।०१ गते बेलुकी पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




