काठमाडौं, असोज ५ । संघीय संसद्का दुवै सदनको बैठक आज अपराह्न सिंहदरबारमा बस्दैछ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनेछन् भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी, प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यता, अपराह्न १:१५ बजे बस्ने राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मौखिक प्रश्नहरूको उत्तर दिने र ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।




