पर्सा, असोज १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ सय २२ ग्राम ४ सय मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित भारतीय नागरिक ४६ वर्षीय ASLAM SHOKAT लाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले ईन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।




