• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र


  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
  • फुङ्लिङ ४ वैशाख

    Advertisement

    चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाजले जो कोहीलाई पनि मोहित बनाउँछ । यही सौन्दर्यको आनन्द लिन आउँछन् कञ्चनजङ्घा क्षेत्रमा बर्सेनि हजारौँ विदेशी र स्वदेशी पर्यटक ।

    हातमा लठ्ठी र काँधमा क्यामेरा बोेकेका विदेशी यहाँका पदमार्गमा भेट्न सकिन्छ । कञ्चनजङ्घा क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण छ । कञ्चनजङ्घा प्रवेशद्वार घुन्सा क्षेत्रमा गत साता मात्र ८५ जना बाह्य पर्यटक पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कोरोना महामारीपछि लामो समय सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कंदै छ । गत चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

    आर्थिक वर्ष २०७६÷७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । दक्षिण एसियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए । विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेका थिए ।

    कञ्चनजङ्घाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका भएर पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्छन् । काठमाडौँबाट हवाई मार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजङ्घाको आधार शिविर पुग्न सकिन्छ ।

    अष्ट्रेलियाली नागरिक क्यारोन मिल्नी गत वर्ष कञ्चनजङ्घा हिमाल क्षेत्रमा चार महिना बिताउनुभयो । कञ्चनजङ्घा क्षेत्रमा बस्दा मिल्नीले भनेका भन्नुभएको थियो, “म नेपाल आएको छ पटक भयो । नेपालको प्राकृतिक सौन्दर्य त छँदैछ यहाँको संस्कृति एवं संस्कार पनि विश्वमै उदाहरणीय छ । यहाँका प्राकृतिक सुन्दरताले मलाई सधैँ नेपाल तानिरहन्छ । त्यसैले मलाई नेपाल छ पटक घुम्न आएको छु ।”

    कञ्चनजङ्घा आउने पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो ठूलो लगानीका ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल सञ्चालनमा आएको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको परिषद्का कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । उहाँका अनुसार अन्य करिब रु ८० लाखदेखि माथि लगानीमा होटलहरु सञ्चालनमा रहेका छन् ।

    ताप्लेजुङको समदरमुकाम फुङलिङ बजारमा समेत पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा होटलहरु खोलिएका छन् । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रका समुदायको प्रमुख व्यवसाय भनेकै पर्यटन, होटल र पशुपालन हो । पर्यटकीय क्षेत्र घुन्सा, फले र याम्फुदिन क्षेत्रका प्रत्येक घरपरिवार पर्यटनसँग प्रत्यक्ष जोडिएको परिषद्का कार्यक्रम सहायक जितेन चेम्जोङ बताउनुहुन्छ । केही होटल सञ्चालन गरेर स्वरोजगार बन्दै आएका छन् भने कोही पर्यटकको सहयोगी बनेर राम्रो आयआर्जन गर्दै आएको छ । यी क्षेत्रहरुमा खेतीपाती नहुने भएकाले पछिल्लो समय युवा पुस्ता पशुपालनभन्दा पर्यटन व्यवसयतर्फ नै आकर्षित देखिन्छन् ।

    इलाइट एक्सपिडिसन ग्रुरुपका मिङमा डेभिड शेर्पाका अनुसार कञ्चनजङ्घा आरोहणका लागि यस याममा ५० भन्दा बढी विदेशीसहित उनीहरुको सहयोगीसमेत गरी करिब तीन सयजना मानिस आधार शिविरमा जम्मा हुनेछन् । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता आधार शिविरमा पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् । कञ्चनजङ्घा क्षेत्रको घुन्सा आधार शिविरमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेका छन् । पैदलमार्ग खराब भएकाले उहाँहरुका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि शेर्पाले बताउनुभयो ।

    सन् १९५५ मे २५ का दिन पहिलोपटक कञ्चनजङ्घाको आरोहण भएको थियो । अहिलेसम्म कति आरोहीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरिसकेका छन् भन्ने यकिन तथ्याङ्क नभएको परिषद्ले जनाएको छ । कोरोना सङ्क्रमणका कारण २०७५ देखि २०७७ सालमा हुन नसकेको कञ्चनजङ्घामा गत वर्ष आरोहण भएको थियो । गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए भने यो वर्ष पनि त्योभन्दा बढी विदेशी आरोही आउने व्यवसायी बताउँछन् ।

    कञ्चनजङ्घा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मनी, इरान, जापानलगायतबाट पदयात्रा गर्नेहरू चाहिँ घुन्सा पुगिसकेका छन् । दक्षिणी र उत्तरी दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि उत्तरी मोहडाबाट आरोहण गर्न अलि कठिन हुने भएकाले यसपटक कोही पनि आरोही नभएको टाँसीले बताउनुभयो । सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजङ्घा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ ।

    कञ्चनजङ्घा क्षेत्रमा ठूलो सङ्ख्यामा पर्यटक भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मङ्सिरमा आउने गर्दछन् । कञ्चनजङ्घा आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने पर्यटन व्यवसायी मिङमा डेभिड बतानुहुन्छ । यहाँ जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्याङ्क छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि केही पर्यटक आउने गरेका छन् ।

    विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भएर पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून रहेको छ । यसलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा समृद्ध पहाड र परिषद्ले पर्यटनको प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यस क्षेत्रहरुमा इन्टरनेट सेवाका लागि वर्ड लिङ्कको प्राविधिकहरुले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाई सेवा सञ्चालन गर्ने तयारी भएको परियोजनाले जनाएको छ ।

    साथै, यस क्षेत्रमा खानेपानी, शौचालय, होटल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत् आपूर्ति, फोहोरमैला व्यवस्थापन, पुलपुलेसा निर्माण, हेलिप्याड निर्माण गर्ने बारेमा तयारी थालिएको जनाइएको छ ।

    कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा विगतमा समृद्ध पहाडले लामो समयदेखि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहको छ । यही कार्यक्रमले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रको पर्यटकीय पदमार्गहरुमा पर्ने यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना तयार गर्न लागिएको परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले जानकारी दिनुुभयो । यस कार्यक्रमलाई आफ्नै लगानीमा आर्थिक सहयोग गरिरहेको समृद्ध पहाडका दाता तथा हिमालयन ट्रष्ट युकेका अध्यक्ष सर ग्राम रिग्लीले गत चैत्रमा कञ्चनजङ्घा क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकासको ढाँचाबारे परिषद्का पदाधिकारीहरुसँग छलफल गरी स्थलगत भ्रमण पनि गर्नुभएको थियो । सो अवसरमा उहाँले यस क्षेत्रलाई विशवकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिनुभएको थियो ।

    सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.