• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै


  •   शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
  • कञ्चनपुर ८ वैशाख
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ ।

    Advertisement

    दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको छ । महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन आउने बिरामीको सङ्ख्या तीनदेखि पाँच जनासम्म हुने गरेको छ ।

    पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेश जोशीका अनुसार हालसम्म रेबिजका २१ नमूना परीक्षण गरिएकामा तीमध्ये २० नमूनाको नतिजा पोजेटिभ आएको छ । प्रयोगशालामा आएका नमूनामध्ये अधिकांश कञ्चनपुर, कैलालीका छन् ।

    कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ३, १२, १३, पुर्नवास नगरपालिकाको वडा नं १, लालझाडी गाउँपालिकाको वडा नं ३, कृष्णपुर नरपालिकाको वडा नं १, शुक्लाफाँटा नगरपालिकाको वडा नं १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ ।

    यसैगरी कैलालीको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकाबाट प्राप्त नमूनामा रेबिजका जिवाणु फेला परेको उहाँले बताउनुभयो । “रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमबाट यो रोग सर्ने गर्दछ”, उहाँले भन्नुभयो, “रेबिज रोगको जिवाणुले स्नायु प्रणालीमा असर गर्दछ ।”

    अधिकांश व्यक्तिमा रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ । कुकुरसँंगै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरोलगायतका जनावरको टोकाइबाट रेबिज सर्ने गर्दछ । रेबिजका लक्षण देखिएका रोगीको उपचार सम्भव नहुने चिकित्सक जोशीको भनाइ छ । “यो रोग शतप्रतिशत प्राणघातक रोग हो”, उहाँले भन्नुभयो, “यसको भरपर्दो उपचार पद्धति अहिलेसम्म विकसित भएको छैन ।”

    रेबिज रोकथाम गर्न पशु चिकित्सकको सिफारिसअनुसार घरपालुवा कुकुर र बिरालोलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने उहाँको सुझाव छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा पानसिंह ठगुन्नाले हालसम्म कञ्चनपुरमा २० बढी घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण देखापरेको बताउनुभयो ।

    “हिजोमात्रै कृष्णपुर नगरपालिकाको वडा नं २ मा मरेको स्यालको नमूना परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखापरेको छ”, उहाँले भन्नुभयो, “पहिला कुकुरले टोकेरमात्रै रेबिज सरेको पाइने गरेको थियो, हाल बहुलाएको स्यालले स्थानीय बासिन्दाका गोठमा बाँधेका घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गरेको पाइएको छ ।”

    स्याललले घरपालुवा जनावरको मुखमै टोक्ने भएकाले रेबिज सर्ने सम्भावना शतप्रतिशत हुने गरेको उहाँको भनाइ छ । स्याल, कुकुरलगायतले टोकेका घरपालुवा जनावरलाई भ्याक्सिन लगाउने कार्य हँुदै आएको उहाँले बताउनुभयो ।

    “रेबिजको जोखिम बढ्न थालेपछि छाडा कुकुरलाई नियन्त्रण गर्न स्थानीय तहसँंग छलफल कार्यक्रमलाई अगाडि बढाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “छाडा कुकुर नियन्त्रण गर्न परिवार नियोजन गर्ने र घरपालुवा कुकुरलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने हुन्छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउनका लागि स्थानीय तहलाई गुहार्दैछौँं, प्राविधिक सेवा विज्ञ केन्द्रबाट उपलब्ध गराउँछौँ ।” स्थानीय तहको स्वीकृतिमा दर्ता गरेरमात्रै कुकुर पाल्न पाइने नियम लागू गरिनुपर्ने उहाँको भनाइ छ ।

    शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.