• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

पत्रकार नारायण ढुंगानालाई राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने


  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । यही जेठ १५ गतेदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा पुरस्कृत तथा सम्मानित हुने कलाकार, पत्रकार तथा लेखकको नाम आज सार्वजनिक गरिएको छ ।

    Advertisement

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यसपटक राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार राससकर्मी नारायण ढुङ्गानालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । उक्त प्रदर्शनीलाई ललितकला क्षेत्रकै सबैभन्दा ठूलो उत्सव मानिन्छ ।

    विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय चितवनका पत्रकार ढुंगाना पाँच वर्षदेखि भने संघीय राजधानी काठमाडौँमै रहेर पत्रकारिता गरिरहनुभएको छ । गत वर्ष पनि उहाँले ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएको थियो । उहाँ हाल ललितकलाका साथै अपराधलगायत विधामा पत्रकारिता गर्दै आउनुभएको छ । सामाजिक परोपकारी पत्रकारितामा पनि उहाँको गहिरो रुचि छ । यसअघि उहाँले अन्य दुई दर्जन पुरकार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।

    यही जेठ १५ गते राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को उद्घाटन समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, राष्ट्रिय ललितकला लेखन पुरस्कार भने नगेन्द्रप्रसाद पौड्याललाई प्रदान गरिने आज काठमाडौँमा आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको थियो ।

    प्रतिष्ठानले यस वर्षदेखि स्थापना गरेको कला प्रवर्द्धन सम्मान सङ्गीता थापालाई प्रदान गरिनेछ । यसपटक राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सद्भावनादूतका रुपमा अनिल चित्रकारलाई सम्मान गरिने प्रदर्शनीको कार्यकारी समितिका अध्यक्ष प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।

    उहाँले विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रदर्शनीका अवधिमा १० भन्दा बढी विषयगत छलफल तथा अन्तरक्रिया पनि हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसपालि ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शनी हुँदैछ, म भन्नाले मेरो बोली, ज्ञान, आत्मासँग सम्बन्धित ललितकला हुन्छ भने मेरो देश भन्नाले राष्ट्रलाई चिनाउने कला भन्ने बुझिन्छ । यसैगरी, मेरो सिर्जना भन्नाले मभित्र भएको सिर्जनशीलता प्रस्तुत गर्ने कला भन्ने बुझिन्छ ।”

    यही जेठ १५ देखि ३० गतेसम्म हुने कार्यक्रममा प्रतिष्ठानको कार्यालय र बबरमहलस्थित नेपाल कला परिषद्मा चित्रहरु प्रदर्शनी गरिनेछ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । नाफाका कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रुपले पहिलेको जस्तै देखिए तापनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर प्रदर्शनी गर्ने सोच रहेको बताउनुभयो ।

    उहाँले नेपालको रैथाने कलालाई अझै बाहिर ल्याउन नसकिएको बताउँदै हिजोआज कलाको शिल्प र प्रस्तुति शैलीमा दिनानुदिन प्रगति भइरहेको धारणा राख्नुभयो । उहाँले प्रतिष्ठानले आगामी वर्षदेखि प्रदेश–प्रदेशमा सर्भे, कला सम्मेलन, प्रदेशमा प्रतियोगितात्मक प्रदर्शनी गर्ने सोच बनाएको पनि जानकारी दिनुभयो ।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिकाअनुसार हुन लागेको यस प्रदर्शनीमा छ सय १० कलाकारका छ सय ९७ कलाकृति राखिने जानकारी गराएको छ । यस वर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिने घोषणा पनि गरिएको छ ।

    यस्तै, विभिन्न तहमा अध्ययनरत विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेषगरी चार जनालाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    समारोहमा प्रदर्शनीका सद्भावनादूत अनिल चित्रकारले विश्वकै ललितकलाको स्रोत नेपाल भएकाले त्यसलाई सबैले विश्वसामु चिनाउनुपर्नेमा जोड दिनुभयो ।

    <strong>यस्तो छ कला क्षेत्रको पुरस्कार र सम्मान</strong>

    यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान अग्रज कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिने भएको छ । कला क्षेत्रमा उहाँहरुले पु¥याएको योगदानको मूल्याङ्कन गर्न सम्मान गर्न लागिएको हो ।

    प्रदर्शनीका अवसरमा समसामयिक चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरिनेछ । सोही विधाको ललितकला विशेष पुरस्कार रीता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरिनेछ ।

    परम्परागत चित्रकला विधाअन्तर्गत राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरिनेछ । सोही विधाको ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोमजनलाई प्रदान गरिनेछ । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरिनेछ ।

    यस्तै, सोही विधाको ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफलप्रकाश श्रेष्ठलाई प्रदान गरिनेछ ।

    हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरिनेछ । सोही विधाको विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरिने भएको छ । लोककला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योतिकुमारी सापकोटा कर्णलाई प्रदान गरिनेछ ।

    यस्तै, परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरिनेछ भने विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरिनेछ । समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरिनेछ भने विशेष पुरस्कार टीकाराम पौडेल ९शशि किरण० र मीना कायस्थलाई प्रदान गरिनेछ ।

    यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेस प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान , गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरिनेछ ।

    अरनिको सम्मानका लागि जनही रु एक लाख, राष्ट्रिय ललितकला पुरस्कारको राशि रु ६० हजार र विशेष तथा प्रदेशिक पुरस्कारको राशि रु २५ हजार रहेको आयोजकले जनाएको छ ।

    आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.