• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • खोटाङ ४ भदौ 

    Advertisement

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्नुभएको छ ।

    खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गर्नुभएका उहाँले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाउनुभएन ।

    गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो । मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाउनुभयो । वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँपालिकाका कृष्ण राईलाई राहदानी बुझाउनुभएका मिलनलाई मेनपावर कम्पनीले रु तीन लाख ५० हजार धरौटी रकम लाग्ने सुनायो ।

    नेपाल सरकारसँगको सम्झौताअनुसार ज्यामी काममा मलेसिया जान का लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेनपावर कम्पनीले त्यतिका पैसा लाग्ने सुनाएपछि मिलनको सोच एकाएक बदलियो । अहिले भर्खर १९ वर्ष लाग्नुभएका मिलनले मेनपावर कम्पनीको कुरा सुन्नासाथ गाउँ फर्किएर आफ्नै ठाउँमा केही गर्ने सपना बुन्न थाल्नुभयो ।

    आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्ने बारेमा युट्युब खोतल्न थाल्नुभयो ।

    परम्परागत खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्दै आइएको खार्मीमा उहाँले व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती गर्ने निधो गर्नुभयो । मकै, कोदो र आलु खेती हुँदै आएको चार रोपनी जग्गामा सोलुखुम्बुबाट खरिद गरेर ल्याएको छ केजी सूर्यमुखी फूलको दल राखेर व्यावसायिक खेती सुरु गर्नुभयो ।

    अहिले मिलनले लगाउनुभएको व्यावसायिक सूर्यमुखी फूल ढकमक्क फुलेको छ । सँधियारले आसपासको जग्गामा लगाएको मकै र कोदो फलिरहँदा मिलनको जग्गामा पँहेपुर भएर ढकमक्क फुलेको सूर्यमुखी फूलको खेती देख्दा रमित लाग्दो छ ।

    युट्युबमा हेरेर बिना परीक्षण व्यावसायिकरुपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती राम्ररी सप्रिएकाले आगामी वर्ष थप वृद्धि गर्ने तयारी गरिएको मिलनले बताउनुभो । “विदेश जाने सोच बनाएको थिए । फ्रि भिजा, फ्रि टिकेट भनिएको ठाउँमा पनि दलालहरुले ठग्दा रहेछन्”, उहाँले भन्नुभयो, “त्यतिका पैसा खर्च गरेर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गरौँ भन्ने सोच आयो । परीक्षणकालमै राम्रो उत्पादन हुने देखिएको छ । आगामी दिनमा थप विस्तार गर्ने तयारीमा छु ।”

    फल लाग्दै गरेको सूर्यमुखी फूल पाक्ने बित्तिकै सोही जग्गामा तोरी खेती गर्ने तयारी गरिएको मिलनले जानकारी दिनुभयो । “परम्परागत खेतीले जीवन निर्वाहबाहेक केही गर्न सकिँदैन । गाउँमा आम्दानीको अन्य स्रोत पनि छैन । आम्दानीको स्रोत वृद्धि गर्न गाउँमै तेलहनजन्य खेतीलाई व्यावसायिक बनाउने सोचमा छु”, उहाँले भन्नुभयो, “आफ्नो गाउँमा खपत हुने खानेतेल आफ्नै गाउँमा उत्पादन गर्ने गरी योजना बनाएको छु । उत्पादित कच्चा पदार्थलाई आफँै प्रशोधन गर्ने गरी मिलसमेत खरिद गर्ने तयारीमा छु ।”

    नगरपालिकाको कृषि शाखामा आधिकारिकरुपमा सूर्यमुखी कृषि फार्म दर्ता गरेर सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गर्नुभएका मिलनलाई आमा र बुबाले समेत साथ दिँदै आउनुभएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका छिमेकीसमेत मिलनको सूर्यमुखी फूलको व्यावसायिक खेती देखेर सिको गर्ने तयारीमा छन् ।

    खार्मीका मिलनले लगाएको सूर्यमुखी फूलको उत्पादनलाई हेरेर आगामी दिनमा त्यहाँका कृषकलाई अनुदानको व्यवस्था गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ । “खार्मी, पाथेका र जालपालाई तेलहनजन्य कृषि उत्पादनको पकेट क्षेत्र बनाउने तयारी गरिएको छ । मिलन भाइले सूर्यमुखी फूलको खेती सुरु गर्नुभएको रहेछ”, उहाँले भन्नुभयो, “व्यावसायिकरुपमा कृषि पेसा अपनाउने व्यक्तिलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । उहाँ ९मिलन राई०ले लगाउनुभएको सूर्यमुखी फूलको खेती सफल भएको खण्डमा उहाँलाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।”

    किशोरावस्था ननाघेका मिलनले आफ्नै लगानीमा व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती सुरु गरेपछि नगर उपप्रमुख राई कृषि शाखा प्रमुख तेजप्रकाश जैसीसहितका टोली लिएर अवलोकनमा खार्मी पुग्नुभएको थियो । पन्ध्र वडा रहेको यस नगरपालिकाको नवौँ नगरसभाले खार्मी, पाथेका र जालपालाई तेलहनजन्य खेतीका लागि पकेट क्षेत्र बनाउने घोषणा गरेको अवस्थामा मिलनले सुरु गरेको सूर्यमुखी फूलको खेती सप्रिएको खबर पाएपछि उपप्रमुख राईको टोली अवलोकनमा खार्मी गएको हो ।

     

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.